लगानीकर्ताका अनुसार
-दुई हप्ता अगाडि निकालीएको नेपाल धितोपत्र बोर्डको बिज्ञप्ति पछि बजार लगातार झर्नु
-बिज्ञप्ति आऊनुभन्दा दुई दिनअघि लगभग ४० अर्बको कारोबार हुनु र
-बिज्ञप्तिमा राखिएको ५१ कम्पनिको लिस्ट सामान्य ज्ञान भए्का लगानिकर्तामाझ पनि आधारहिन र अपरिपक्को
हुनुमा लगानिकर्ताले ठुलै चलखेलको आशंका गरेका छन। केहि लगानिकर्ताले त यो बिषयमा मुद्दा पनि दायर गरेका थिए। यसरी दुइ हप्ता लगातार बजार झर्दा पनि प्राबिधिक रुपमा भने बजार सिजनल बुलिश रहेको (Seasonal Bullish), बिभिन्न सिजनल ट्रेन्ड ईन्डिकेटर बुलिश रहेको र सर्ट टर्म ट्रेन्ड मात्र साईडओएज (Sideways) रहेको एक्स्पर्ट एनालिस्ट (Expert Analysts) र प्रोफेस्नल लगानिकर्ताहरू (Professional Investors) बताऊँछन। त्यस्तै, लगातार बजार झर्दा पनि विक्रेता भने देखिदैनन। बिज्ञप्ति आऊन भन्दा दुई हप्ता लगभग १६३ अर्बको कारोबार भएकोमा, त्यसपछिको गिराओटमा, अर्थात, गएको दुइ हप्तामा मत्र ~ ८३ अर्बको (५०% कमि) को कारोबार भएको छ र बिक्रेता निकै कमि भएकाले दिनानुदिन कारोबार रकममा गिरावट आएको हो। बजारमा प्राकृतिक सप्लाई र डिमान्डले मात्र सहि दिशा निर्धारण गर्ने लगानिकर्ताको बिश्वास छ।
अहिले नेप्से सुचकको मुल्य अनुपात ४५.३५ रहेकोमा बैंकिङ्ग समुहको २६.८० , ट्रेडिङ्गको ३९.१९, बिकास बैंकको ४२.०४, बित्त समुहको ४३.२८ र उत्पादन समुहको ३६.४९ सँगै नेप्सेको औसतमुनि रहेका छन भने बाँकि औसतभन्दा माथि छन। मुल्य आम्दानि अनुपात, बजार मुल्य र किताबि मुल्य अनुपात र डिभिडेन्ड ईल्ड्को हिसाबले बाणिज्य बैंक तुलनात्मक रुपमा अरु सेक्टर भन्दा मूल्यवान (Undervalued) देखिन्छ। आधारभुत अनुपातहरु PE र PB जति थोरै भयो उती राम्रो मानिन्छ भने Dividend Yield चाँही जती बढी भयो त्यतिनै राम्रो मानिन्छ। यि औसत संगै समग्र बजारको लगानि वाताबरण, लगानि गर्ने कम्पनिको उपसुचकको (समुहको) व्यापार वृद्धिको संभावना, बजार मनोवैज्ञानिक स्थिति, कम्पनिको आय वृद्धि, स्थिरता जस्ता आदि कारकहरु पनि हेर्नु आवश्यक हुन्छ। केहि सामान्य डाटा तालिकामा तल दिइएका छन्।
गएको चार हप्तामा, सेक्टर रोटेसन (Sector Rotation) को हिसाबले शिर्ष ३ मा फाईनान्स, बिकास बैंक र लगानी सेक्टरका लगानीकर्ताले अधिक कमाएका छन्। ट्रेडिङ्ग (Trading), जिबन बीमा (Life Insurance) र लघुवित्त (Microfinance) का लगानिकर्ताहरूले तुलनात्मक हिसाबले थोरै कमाएका छन।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार गएको १ सातामा बैंक वित्तिय संस्थाहरुले रु.५४ अर्ब निक्षेप सङ्कलन गरी रु.१५ अर्ब कर्जा प्रवाह गरेका छन। चालु आर्थिक वर्ष सकिन २ हप्ता बाँकी रहदै गर्दा सरकारले गर्ने खर्च बढे सँगै बैंकिङ प्रणालीमा तरलता थपिएको हो। अघिल्लो साताको तुलनमा निक्षेप सङ्कलन र कर्जा प्रवाहमा वृद्धि आएको छ। अघिल्लो सातामा बैंक वित्तिय संस्थाहरुको निक्षेप रु.६ अर्बले घटेको थियो भने कर्जा प्रवाहमा रु.७ अर्बले वृद्धि भएको थियो।
हालसम्म बैंक वित्तिय संस्थाहरुले रु.४,५५३ अर्ब निक्षेप सङ्कलन गरी रु. रु.४,११९ अर्ब कर्जा प्रवाह गरेका छन्। निक्षेप सङ्कलन र कर्जा प्रवाहको हिस्सामा ‘क’ वर्गका वाणिज्य बैंकहरुको क्रमश ८८.५१% र ८९% स्वामित्व रहेको छ। जेष्ठ महिनामा मात्र रु.४१ अर्ब निक्षेप सङ्कलन गरी रु.३३ अर्ब कर्जा प्रवाह गरेका बैंक वित्तिय संस्थाहरुले असार महिनामा (१६ गते सम्म) मात्र रु.४६ अर्ब निक्षेप सङ्कलन गरी रु.२१ अर्ब कर्जा प्रवाह गरेका छन।
त्यस्तै, कर्जा तथा प्राथमिक पूंजी र स्वदेशी निक्षेप अनुपात (CCD Ratio) अघिल्लो साताको ७८.६५% बाट सामान्य घटेर ७८.१७% कायम रहेको छ। बैंक वित्तिय संस्थाहरुले कर्जा तथा प्राथमिक पूंजी र स्वदेशी निक्षेप अनुपात कायम गर्न अस्थायी तरलता सुबिधा (SLF) लिदै आएका छन्। यस्तै, अघिल्लो साता ४.९% रहेको अन्तर बैंक व्याजदर यो साता घटेर ४.६८% कायम रहेको छ।
अघिल्लो साता रु.१२.१७ अर्ब सङ्कलन भएको सरकारको आय यस साता ५४.७९% ले वृद्धि भएर रु.१८.८४ अर्ब सङ्कलन भएको छ भने हालसम्म कुल आय रु.८९४.७४ अर्ब पुगेको छ जसमा ८८.३५% कर राजस्वबाट रहेको छ भने बाँकी अन्य गैर कर राजस्व, अनुदान प्राप्त तथा अन्य आय रहेको छ। हालसम्म लक्ष्यको ८३.४४% आय सङ्कलन भएको छ। हाल कायम रहेको निषेधाज्ञा खुकुलो हुँदै गएकाले आगामी साताहरुमा सरकारको आय संकलनमा अझै वृद्धि हुने देखिन्छ।
त्यस्तै, खर्च तर्फ गत साता रु.२७.८६ अर्ब भएकोमा यस साता १०७.५६% ले वृद्धि भई रु.५७.८२ अर्ब खर्च भएर जम्मा रु.१,०१२.२ अर्ब पुगेको छ जुन बजेटको ६८.६४% मात्र रहेको छ। खर्च तर्फ सर्वाधिक चालु खर्च ७५.७७% रहेको छ, पूंजीगत तर्फ १६.११% र वित्त व्यवस्थापन तर्फ ८.१२% रहेको छ।
चालु आर्थिक बर्ष सकिन २ हप्ता भन्दा कम समय बाँकी रहेको र हाल कोभिड-१९ महामारीका कारण ठप्प आर्थिक कृयाकलापले गर्दा बजेट खर्च लक्ष्य अनुसार नहुने निक्षित देखिन्छ। गएको जेष्ठ १५ मा आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरेको अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा कुल विनियोजनको ८५.९% मात्र खर्च हुने संशोधित अनुमान गरेको छ। कुल विनियोजन मध्ये चालु खर्च ९१.४%, पुँजिगत खर्च ७१.३% र वित्तिय व्यवस्थातर्फ ८५.२% हुने संशोधित अनुमान रहेको छ। नयाँ आर्थिक वर्ष २०७८/७९ को लागि अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले रु.१६ खर्ब ४७ अर्ब ५७ करोड विनियोजन गरेका छन्।
