काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाले बढेर तोलाको ९१ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर १ हजार ३ सय २५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
