तेह्रथुम पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) आज मिति २०७८ साल श्रावण १९ गते बैंकिङ्ग समय पश्च्यात बन्द हुने भएको छ।
कम्पनीले प्रति साधारण शेयर रु।१०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरिरहेको छ।
तेह्रथुम पावरले योजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशनको लागि छुट्याएको आफ्नो जारी पूंजी रु.४० करोड मध्य ३०% अर्थात रु.१२ करोड रकम बराबर रु.१०० अंकित मुल्यको १२ लाख कित्ता साधारण शेयर मध्य धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ समेतको अधिनमा रही जारी पूंजीको १०% अर्थात रु.४ करोड बराबरको रु.१०० अंकित दरको ४ लाख कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानियबासी तेह्रथुम जिल्लामा स्थायी बसोबास गर्नेको लागि र बाँकी रहेको २०% अर्थात रु.८ करोड रकम बराबर को रु.१०० अंकित दरको ८ लाख कित्ता (कर्मचारीहरुलाई २% तथा सामुहिक लगानी कोषहरुलाई ५% समेत) साधारण शेयरहरु प्रारम्भिक सार्वजनिक (IPO) मार्फत बिक्री गरिरहेको छ।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम ६०,००० कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
