• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नोट फलाउन टिमुरको बोट


  •   बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
  • व्यावसायिक टिमुरको खेतीबाट राम्रो आम्दानी हुन थालेपछि दाङको पहाडी भेगमा टिमुरको खेती विस्तार गरिएको छ । टिमुरबाट बर्षेनी उत्पादन बढ्दै गएको डिभिजन वन कार्यालय दाङको भनाई छ । जंगली जनावरका कारण मकै लगायतका खेती गर्न नसकेका यहाँका किसानहरूले टिमुरको व्यावसायिक खेती गर्न लागेका हुन् ।

    Advertisement

    टिमुर खेतीसँगै उत्पादन समेत बढ्दै गएको छ । डिभिजन वन कार्यालय दाङकाअनुसार गतवर्ष जिल्लाबाट एक लाख ७७ हजार पाँच सय किलो टिमुर निर्यात भएको छ । सो मध्ये एक लाख ३७ हजार किलो निजीवन र राष्ट्रिय वनबाट ४० हजार पाँच सय किलो टिमुर जिल्ला बाहिर निकासी भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिएका छन् । उनकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा टिमुर ९६ हजार सात सय ४५ केजी निर्यात भएको थियो । उक्त तुलनामा गतवर्ष जिल्लामा करिब–करिब दोब्बर ८० हजार केजी टिमुर वृद्धि भएको कार्यालयले जनाएको छ । विगतको तुलनामा जिल्लामा टिमुरको उत्पादन बढेसँगै निर्यात समेत बढ्दै गएको कार्यालयले जनाएको छ । टिमुर उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्र सम्भावनायुक्त क्षेत्र भएको भन्दै डिभिजन वन कार्यालय दाङले बंगलाचुली गाउँ पालिकासँगै घोराही उपमहानगरपालिकाको १८ र १९ नम्बर वडालाई गतवर्ष पकेट क्षेत्र समेत घोषणा गरेको छ ।

    पकेट क्षेत्रमा टिमुरसँगै माला गेडी र दालचिनीका एक लाख ८४ हजार विरूवा दुई वर्षको अवधिमा रोपिएको वन कार्यालयले जनाएको छ । जसमा करिब एक लाख बढी विरूवा टिमुरका मात्रै रहेका छन् । “पहाडी क्षेत्रमा थोरै–थोरै बोट प्रायः सवै किसानका घरहरूमा छन्, त्यसले मात्र किसानको जीवन स्तरमा परिवर्तन हुन सक्दैन, जडिबुटीका माध्यमबाट किसानको जीवनस्तरमा परिवर्तन ल्याउनकालागि ठूलो स्केलमा जुडिबुटी खेती गर्नु पर्छ भनेर अहिले बढाउँदै लगेका छौँ, जसले गर्दा अहिले धेरै किसानहरूले विरूवा रोप्न थाल्नुभएको छ” सहायक वन अधिकृत चौधरीले भने ।

    कार्यालयकाअनुसार टिमुरसँगै अन्य जडि बुटीहरूको समेत जिल्लाबाट निर्यात बढेको छ । जसअनुसार मालगेडी ६० हजार केजी, रिठा ३५ हजार पाँच सय ८० केजी, अमला ११ हजार दुई सय केजी, काउलोको बोक्रा ५२ हजार एक सय ५० केजी, तेजपात ६७ हजार तीन सय केजी, लहरे गुर्जाे एक हजार तीन सय केजी, टिगडी ५ हजार चार सय ५० केजी जिल्ला बाहिर निर्यात भएको सहायक वन अधिकृत चौधरीले बताए । उनका अनुसार अन्य अल्लोको बोक्रा दुई सय केजी, पाखनवेद ९ हजार केजी, सुगन्धवा पाँच सय केजी, गत्रो सात हजार १५ केजी, बर्रो ५ हजार केजी, हर्राे ४ हजार केजी, धाइराको पूmल एक हजार पाँच सय केजी, भृगराज एक हजार पाँच सय, दूधे लहरो एक हजार पाँच सय, ब्राह्मी एक हजार पाँच सय, बेलचना तीन हजार केजी र चत्रोको बोक्रा पाँचहजार केजी निर्यात हुँदा सातलाख १७ हजार दुई सय ५० रूपैयाँ राजश्व संकलन भएको बताए ।

    वन कार्यालयले राष्ट्रिय वनबाट संकलित जडि बुटीहरूको निर्यातमा राजश्व लिने गरेको छ भने निजी वनबाट संकलित जडिबुटीमा राजश्वनलिने गरेको सहायक वन अधिकृत चौधरीले बताए । जिल्लामा ८९ हजार चार सय १७ हेक्टर वनमध्ये एक सय ६० हेक्टर वन क्षेत्रमा जडिबुटी खेतीहुने गरेको छ ।

    जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा७१ हजार बढी जडिबुटीका विरूवा रोपिएको छ । जिल्लाको बंगलाचुली गाउँ पालिकाको ५ वटा वडा तथा घोराही उपमहानगरपालिका २ वटा वडामा गरेर ७१ हजार ३० वटा जडिबुटीका विरूवा रोपिएको हो । सहकारीमार्फत पकेट क्षेत्रमा जडिबुटी क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा डिभिजन वन कार्यालय दाङ घोराहीको समन्यमा जडिवुटीका विरूवा रोपिएको हो ।

    डिभिजन कार्यालय दाङको वार्षिक कार्यक्रम अन्तर्गत पहाडी क्षेत्रमा टिमुर, दाल चिनी र माला गिरीका विरूवा रोपिएको सहकारीले जनाएको छ । सहकारीले विरूवा रोप्ने कृषकको तथ्यांक संकलन गरेर कृषकहरूको घरसम्म विरूवा पु¥याइदिएको उनले बताए । कृषकको माग ८९ हजार ८ सय ९० भएपनि ७१ हजार ३० वटा विरूवा मात्र वितरण गरिएको छ ।

    बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.