• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मलेसियाको केएलसीसी बिर्साउने दमकमा बन्यो फन पार्क, १३ करोड लगानी


  •   सोमबार, असोज २५, २०७८ मा प्रकाशित
  • विराटनगर । पर्यटकीय सम्भावना धेरै भएको प्रदेश १ मा लगानी बढ्न थालेको छ । व्यवसायीहरुले पर्यटन क्षेत्रमा धमाधम लगानी बढाउन लागेका छन् । प्रदेश १ मा सुविधासम्पन्न फन पार्कको अभाव भएको भन्दै दमकका व्यवसायीहरुले संयुक्त लगानीमा फन पार्कमा लगानी गरेका हुन् ।

    Advertisement

    ९ महिनाअघि निर्माण थालिएको फन पार्क दसैं सुरु भएसँगै सञ्चालनमा आएको छ । गेटमा पुग्नुभन्दा अघि नै पानीको छहराले पर्यटकलाई स्वागत गर्ने सञ्चालक योगराज दंगालले बताए । पार्कमा विषेश गरी बालबालिकाहरुका लागि धेरै नै आकर्षक खेल तमासा रहने उनले जानकारी दिए । अन्य उमेर समूहका लागि पनि निकै मनमोहक स्थलहरु तयार पारिएको उनको भनाइ छ ।

    फन पार्कका विशेषता

    पार्कभित्र इन्डोर क्यासोल अर्थात बालबालिकाका लागि खेल्ने खेलहरु भएको छुट्टै स्थान छ । पार्कभित्र छिरिसकेपछि बालबालिकाहरु कम्तीमा पनि २ घण्टा रमाउन सक्नेछन् । बालबालिकालाई मध्यनजर गर्दै मङकी क्लाइमिङ पनि बनाइएको छ । बालबालिकासँगै अन्यको लागि पनि हुनेगरी कार रेस पनि राखिएको छ । साइकलिङको स्ट्याचु, विभिन्न प्रकारका पिङ, चिप्लेटिहरु र सबै उमेर समूहका लागि हुने गरी प्रमुख आकर्षक गोल्डेन टापु पनि बनाईएको छ ।

    टापुमा जाँदा पोखरीमा ढुङ्गा सयर गरेर पुग्न सकिने अर्का सञ्चालक रुद्र भट्टराईले बताए । विद्यार्थीको स्थलगत अवलोकनका लागि उपयोगी हुनेगरी सगरमाथाको स्ट्याचु पनि बनाईएको उनले जानकारी दिए । ‘नेपाली झण्डा बोकेका शेर्पालाई सगरमाथाको चुचुरोमा राखिएको छ’, उनले भने, ‘यसबाट विद्यार्थीले सगरमाथा कसरी चढ्ने भन्ने कुराको अवलोकन गर्न सक्नेछन् ।’

    यस्तै झाँक्री वाटर फल पनि पार्कको अर्को आकर्षकको रुपमा रहेको छ । पार्कमा आकर्षक जनावरका स्ट्याचुहरु रहनेछन् । पार्कअघि पानी जमिरहने पोखरी भएका कारण व्यवसायिक रुपमा माछा पाल्ने तयारी पनि सञ्चालकहरुको छ । जसले पर्यटकको अवलोकनको केन्द्रसँगै बजारमा भएको माछाको मागलाई पनि परिपूर्ति गर्ने छ ।

    पार्कमा भित्र फलफूलको बगैचा पनि रहनेछ । आँप, लिची, केरा लगायतका फलफूल पार्क भित्र रोपिने छ । पछि व्यवसायिक रुपमा नै गरिने जनाईएको छ । जसले गर्दा पर्यटकहरुले अर्गानिक फलफूल खान पाउनेछन् ।

    पार्कभित्र रेष्टुराँका साथै ३ सय जनासम्म अट्ने क्षमताको सभा हल पनि रहने सञ्चालक भट्टराईले जानकारी दिए । विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्न सकिनेछ । केही समयपछि स्वीमिङ पुल निर्माण गर्नुका साथै पार्टी प्यालेस पनि निर्माण गरिने उनले बताए । आगामी एक वर्षभित्र रोपवेसमेत निर्माण गरिने सञ्चालक भट्टराईले जानकारी दिए ।

    ६ बिघा क्षेत्रफलमा फैलिएको पार्कमा १३ करोड रुपैयाँ लगानी भएको छ । पछि थप संरचना विस्तार गर्दै जाँदा लगानी पनि बढ्दै जाने सञ्चालकहरुले बताएका छन् । पार्कमा योगराज दंगाल, बिप्लव दंगाल, पुष्प खनाल र रुद्र भट्टराई लगायतको लगानी छ । पार्क घटस्थापनादेखि सञ्चालनमा आईसकेको छ । दसैंको टीकाको दिन घुम्न चाहनेहरुका लागि पार्क एउटा गनतव्य भएको सञ्चालकहरुले बताएका छन् ।

    दसैंको टीकाको अवसरमा पोखरीको पानीका फोहोराहरुलाई म्युजिकको तालमा नचाउने गरिको प्याकेज तयार गरिएको छ । विशेष गरी साँझको समयमा हुने छ । मलेसियाको क्वालालम्पुरमा रहेको केएलसीसी टावरमा हुने वाटर फलिङकै डिजाईनमा एक महिला सम्मको प्याकेज सञ्चालन गरिएको जनाईएको छ ।

    एक महिनाको लागि सञ्चालन गर्न लागिएको यो प्याकेजका लागि भारतबाट लाईट सञ्चालनको लागि प्राविधिक टोलीसँग सम्झौता भईसकेको सञ्चालक भट्टराईले बताए । पर्यटकको चाहनाअनुसार पछि नयाँ संरचनाहरु पनि थप्दै जाने उदेश्य  रहेको उनीहरुले बताएका छन् ।

    सोमबार, असोज २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.