• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बबई सिँचाइको ३३ वर्षमा प्रगति ५६.३८ प्रतिशत मात्र, ५ वर्षमा सक्ने लक्ष्य


  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाको काम सुरु गरेको ३३ वर्षमा भौतिक प्रगति ५६.३८ प्रतिशत मात्रै भएको छ । वर्ष भरी निर्माण गर्न नपाउदा ३ दशक बिते पनि उल्लेख्य प्रगति नभएको आयोजनाले जनाएको छ । बबईलाई अबको ४ वर्ष ८ महिनामा बाँकी ४३.६२ प्रतिशत निर्माण कार्य सम्पन्न गर्नुपर्ने समय तोकिएको छ ।

    Advertisement

    उक्त अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ । तर, आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनी आर्थिक वर्ष ०८२/०८३ मा आयोजना सम्पन्न हुन्छ भन्नेमा ढुक्क छैनन् । ‘हाम्रो उद्देश्य अब म्याद नथप्ने हो, त्यहिअनुसार चालु आर्थिक वर्षयता मात्रै ६/७ वटा ठेक्का आह्वान गरी सकेका छौं र अरु तयारी पनि हुँदैछ ।’ उनले भने, ‘अरु बाधा कतिको पर्छ र काम गर्ने प्राविधिक कस्ता पर्छन्  भन्ने कुराले पनि प्रभाव पार्छ ।’

    त्यस्तै बजेट अभावका कारणले गर्दा पनि निर्माण कार्यले तिव्रता पाउन सकेको थिएन । सूचना अधिकारी घोरासैनीले भने, ‘बबईलाई राष्ट्रिय गौरवको आयोजना नबनाउदासम्म सरकारले पर्याप्त बजेट छुट्याएको थिएन । थप बजेट पनि सहजै नपाउने अवस्था थियो । राष्ट्रिय गौरवको आयोजना बनेपछि त्यो समस्या हटेको छ । पहिला काम ढिला हुँदा त्यसको असर अहिले पनि परेको हो ।’ बबई सिँचाइ २०७१ सालबाट राष्ट्रिय गौरवको आयोजनामा समेटिएको होे ।

    त्यस्तै आयोजनाको वित्तीय प्रगति ५२.३२ प्रतिशत रहेको छ । उक्त प्रगति आर्थिक वर्ष ०७७/०७८ असार मसान्तसम्मको हो । कुल १८ अर्ब ९६ करोड ४४ लाख ३० रुपैयाँ लगातको गुरुयोजना रहेकोमा हालसम्म आयोजनामा ९ अर्ब ९२ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । उक्त रकमबाट आयोजनाको हेडबक्स र एउटा मुल नहर ७९.६ किलोमिटर निर्माण भएको छ ।

    त्यस्तै शाखा/प्रशाखा नहर २०८ किमी, बाढीबाट क्षति पुगेको २१.९२ किमी संरचना मर्मत गरेको आयोजनाले जनाको छ । ‘यहाँ आयोजनाको काम गर्दै नहरमा पानी पनि चलाउनु पर्ने भएकाले एक वर्षमा ५ महिनाभन्दा काम हुन पाउदैन । सामान्यतया पुस १५ देखि जेठ १५ सम्म काम हुन्छ । अन्य समयमा नहरमा पानी छोड्नुपर्छ, त्यसैले प्रगति कम भएको हो’ उनले भने ।

    घोरासैनीका अनुसार नहरमा पानी बन्द गरेर निर्माण कार्य सञ्चालन गर्न मिल्दैन । आयोजना निर्माण सुरुगर्ने समयमा नै किसानलाई सिँचाइको आवश्यकता पर्ने समयमा नहरमा पानी छोड्ने सहमति भएको थियो । हाल उपभोक्ता समितिले नहरमा पानी सञ्चालन तथा बन्द गर्ने निर्णय गर्ने गर्दछ । सोहि अनुसारनै आयोजनाले निर्माण कार्य सञ्चालन गर्छ ।

    गत आर्थिक वर्षमा पूर्वि नहर निर्माण सम्पन्न भएको छ । आयोजनाले पूर्वि र पश्चिम गरी २ खण्डमा निर्माण कार्य सञ्चालन गर्दै आएको छ । ३४ किलोमिटर लम्बाइको पूर्वि नहर गत आर्थिक वर्षमा सम्पन्न भएको छ । पूर्वि नहर निर्माण सम्पन्न भए पनि शाखा÷प्रशाखाहरु विस्तार गर्ने काम भने निर्माणधीन अवस्थामा रहेका छन् ।

    त्यस्तै ४३ किमी लम्बाई रहेको पश्चिम नहरको करिब २८ किमी नहर निर्माणधीन रहेको छ । बाँकी नहर निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि टेण्डर आह्वान भने भएको छैन ।

    सो नहरबाट १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ । निर्माण कार्य सम्पन्न भएपछि आयेजनाले बर्दिया जिल्लाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउनेछ । निर्माण सुरु भएको ३ दशकसम्म २३ हजार ६०० हेक्टर जमिनमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।

    बबईले आयोजना निर्माणको लागि २६० हेक्टर जग्गा अधिग्रहण गरेको छ । उक्त जग्गा अधिग्रहण गर्दा ५४ करोड ५६ लाख रुपैयाँ गत चैत १५ सम्म वितरण गरेको छ । आयोजनाले जग्गाको अनुमान नगरी आवश्यकताको आधारमा अधिग्रहण गर्दै मुआब्जा वितरण गर्दै आएको छ ।

    मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.