अहिले धेरै अनिद्राको समस्या झेलिरहेका छन् । धेरैको निद्रा खल्बलिएको छ । यसो हुनुमा हाम्रो खराब जीवनशैली, दिनचर्या, खानपान, चिन्तन मूल कारण हो । यदि हामीले हाम्रा पिता पूर्खाले अभ्यास गर्दै आएका तौर तरिकालाई पालना गरेको भए यस्तो समस्या हुँदैनथ्यो । – जब तपाईं उठ्नुहुन्छ, दायाँतर्फ घुम्नुहोस् र विछ्यौनाबाट बाहिर आउनुहोस् । किनभने निद्राबाट उठ्नसाथ मेटाबोलिक प्रक्रिया एकदम धीमा हुन्छ । यस्तो अवस्थामा अचानक ओछ्यान छाड्दा मुटुमा दबाव पर्छ । – उठ्नसाथ हात दुबै हात रगड्नुहोस् । यसले गर्दा तपाईंको सबै नाडी सक्रिय हुन्छ । – उठ्नसाथ मन्द मुस्कुराउने अभ्यास गरौं । किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो ।
जान्न पर्ने केही कुराहरु : – सुत्ने ओछ्यान सही दिशामा, सही ढंगले राखेको हुनुपर्छ । – सयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ । – नियमित तालिका अनुसार सुत्नुपर्छ । – खाना खाए लगत्तै सुत्नु हुँदैन । – सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ । व्यवहारिक कुराहरु मनमा खेलाउनु हुँदैन । – राती चाडै सुत्ने र विहान चाडै उठ्ने बानी गर्नुपर्छ । – कम्तीमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ ।
शास्त्र अनुसार सिरानीमुनी राख्नु पर्ने चिजहरु : शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ ।
१. हनुमान चालिसा : हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।
२. फलामको उपकरण : सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।
३. मुला : सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिलल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।
४. फूल : सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।
५. दुर्गा सप्तसती : पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।
