• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कलङ्कीको टिकटक रेष्टुराँ, ‘जहाँ ९० मिनेटसम्म मात्र खाना र बस्न पाइन्छ’


  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय नयाँ सोच र नयाँ अवधारणाका साथ रेष्टुराँहरु खुल्ने क्रमले तीव्रता पाएको छ । प्रविधिको प्रयोग गर्नेदेखि पृथक आइडियाका साथ ग्राहकलाई आफ्नोमा आकर्षण गर्ने होडबाजी भित्रको एक रेष्टुराँ हो ‘टिकटक रेष्टुराँ’ ।

    Advertisement

    कलङकीको खसी बजार नजिकै केही महिना अघिबाट सुरु भएको टिकटक रेष्टुराँले धेरैको मन जितिरहेको छ । विश्वव्यापी रुपमा लोकप्रिय भइरहेको मोबाइल एप टिकटिकको नामबाट सञ्चालित सो रेष्टुराँमा टिकटक बनाउनका लागि विभिन्न पेन्टिङहरुसमेत राखिएको छ । जसको कारण धेरैको ध्यान त्यसले तानिरहेको छ ।

    होटल व्यवसाय क्षेत्रमा करिब २ दशक र जापानको समेत अनुभव भएका दाजुभाइले साउन ३० गतेदेखि टिकटक रेष्टुराँ सञ्चालनमा ल्याएका हुन् । धादिङका रामकुमार र मुकुन्द गौतम (दाजुभाइ)ले टिकटक रेष्टुराँ सञ्चालनमा ल्याएका हुन् ।

    सञ्चालनको छोटो अवधिमा टिकटकको नियमित ग्राहक बनिसकेका रामकुमार गौतम बताउँछन् । त्यसो त रेष्टुराँले पनि कलंकी आसपासका क्षेत्रमा होमडेलिभरी गर्दै आएको छ । विस्तारै होम डेलिभरीलाई पनि व्यवस्थित तरिकाले अगाडि बढाउने योजना रहेको उनले बताए ।

    विगत १८ वर्षदेखि रामकुमार होटल व्यवसायकै क्षेत्रमा काम गर्दै आएका छन् । उनीसँग नेपालका सामान्य रेष्टुराँदेखि पाँच तारेहोटलमा काम गरेको अनुभव छ । त्यस्तै, उनका दाइ मुकुन्द करिब ७ वर्ष जापानमा होटल व्यवसायकै क्षेत्रमा काम गरेर फर्किएका छन् । यद्यपि ग्राहक भने उनीहरुको अनुभव र खानाका परिकारका बारेमा थाहा नभए पनि रेष्टुराँ कै नाम देखेर/सुनेर पुग्ने गर्छन् ।

    केही समय पहिलासम्म बौद्धमा रहेको ‘हायात होटल’मा काम गरेका रामकुमार पछिल्लो समय लैनचौरको ‘मल्ल होटल’मा कार्यरत छन् । यो समय काेरोनाकाे कारण अन्य होटल पूर्णरुपले नखुल्दा उनी आफ्नै व्यवसाय विस्तार गर्नमा व्यस्त भएका हुन् । गौतम रामकुमार र मुकुन्दको टिकटक रेष्टुराँ पहिलो व्यवसाय भने होइन । साढे ३ वर्ष पहिला साथीसँग मिलेर उनीहरुले अनामनगरमा ‘दाजुभाइ सेकुवा कर्नर’ सञ्चालन गरिसकेका छन् । अहिले आफ्नै दाजुभाइ मिलेर नयाँ रेष्टुराँ ‘टिकटक’ सञ्चालन गरेका हुन् ।

    कोरोना संक्रमणकाबीच ऋण नलिइ ६५ लाख बढी लागतमा सुरु गरेको व्यवसायमा ग्राहकको प्रतिक्रिया राम्रो आएको रामकुमार बताउँछन् । यसो भनिरहँदा उनको मुहारमा खुसीको चमक प्रशस्त देख्न सकिन्थ्यो ।

    नेपालमा होटल व्यवसाय क्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै रामकुमारले भने, ‘नेपालमै बसेर केही गरौं भन्ने सोच मेरो छ । पर्यटन क्षेत्रमा सम्भावना राम्रो छ भन्ने लागेर नै मैले यो व्यवसाय रोजेको हो ।’

    उनीहरुले साउन पहिलो सातामा रेष्टुराँको नाम जुराएका हुन् । ‘आकर्षक नाम राखौं भन्ने सोच थियो, भाइले टिकटक राखौं भनेपछि मैले पनि राम्रो हुन्छ भन्ने सोचेर दर्ताका लागि पठायौं । अहिलेसम्म ‘टिकटक’ नाममा होटल दर्ता भएको रहेनछ र हामीलाई नाम आयो ।’ रामकुमारले भने, ‘सबैको मुखमा रेष्टुराँको नाम झुण्डियोस् भन्ने हाम्रो सोच थियो अहिले त्यस्तै भएको छ । नाम देखेरै आउने ग्राहक पनि छन् ।’

    त्यसका साथै गौतम दाजुभाइले नेपालमै पहिलो पटक ‘अनलिमिटेड फुड एण्ड ड्रिंग्स’को मेन्यू ल्याएका छन् जसलाई नेपालीमा ‘घ्याम्पे अफर’को उपनाम दिइएको छ । सो अफरअनुसार, ९० मिनेटसम्म ग्राहकले मेन्यूमा भएका कुनै पनि खानेकुरा खान सक्छन् । घ्याम्पे अफरको पैसा तिरेपछि ग्राहकले मेन्यूको खाना अर्डर गर्न कुनै पैसा लाग्दैन ।

    जापानमा प्रयोग भएको उक्त तरिका मुकुन्दले दसैं अगाडि नै नेपाल भित्र्याउन लागेका छन् । क्यापिटलसँग कुरा गर्दै मुकुन्द भन्छन्, ‘अनलिमिटेड फुड एण्ड ड्रिंग्सलाई हामीले नेपालमा पहिलो पटक लन्ज गर्दैछौं, अनामनगरको दाजुभइ सेकुवा कर्नर र कलंकीको टिकटक रेष्टुराँ एकै पटक लन्च हुन्छ । यो एक किसिमको खानाको गेम नै हो ।’

    उक्त अफरअन्तर्गत ९० मिनेटको समय ग्राहकलाई उपलब्ध हुन्छ । सो समयमा मेन्यूमा भएका कुनै पनि परिकार ग्राहकले आफ्नो इच्छाअनुसार जति पनि खान सक्छन् । मटन सेटक लागि ५, चिकेन सेटका लागि ३ र भेजक लागि २ हजार ५०० रुपैयाँ पैसा लाग्ने उनले बताए । उक्त रकम तिरेपछि ८५ मिनेटमा अन्तिम अर्डर रेष्टुराँले लिने जनाएको छ ।

    तर, खानका लागि पूरा समय भने ९० मिनेट रहन्छ । यद्यपि खाना फालेमा ग्राहकले दोब्बर पैसा तिर्नुपर्ने हुन्छ अर्थात् खाना फाल्न पाइँदैन । मेन्यूमा चिकेन सेकुवा/तास, आलु, पोल्नका लागि लसुन, वियर, कोकाकोला, फ्यान्टा, स्प्राइडलगायत रहन्छ । रेष्टुराँले पकाएर भने दिँदैन पकाउन वा पोल्नका लागि तयारी अवस्थामा दिने गर्छ ।

    मुकुन्द भन्छन्, ‘६/६ महिनामा जापानका अन्य नयाँ परिकारहरु नेपालमा लन्च गर्दै जाने योजना छ । सुरुमा नै सबै लन्च गर्न सम्भव हुँदैन । हामीले चिकेन/मटनका हड्डीहरु खेर फाल्छौं तर, जापानमा त्यसको स्वास्थ्य बर्धक सुप बनाएको देखेको छु । त्यसलाई पनि नेपालमा प्रयोग गर्ने योजना छ ।’

    साथै उसिनेको अण्डा जसमा १५० क्यालोरि हुन्छ तर, आइसक्रिम बनाउने क्रिम मिसाएर २५० देखि ३०० क्यालोरीसम्म बनाउन सकिने उनले बताए । त्यस्तै अन्य नयाँ परिकारलाई टिकटकले प्राथमिकता दिने जनाएको छ ।

    ड्रिंग्स गरेपछि घर जान नसक्ने वा नमिल्ले तथा परिवार नै आएर रमाइलो गर्न चाहानेको लागि छुट्टै रकम तिरेर रेष्टुराँमा नै बस्न मिल्ने जनाएको छ । उक्त रुम घ्याम्प्पे अफरलाई लक्षित गरी राखिएको हो ।

    बार्बी क्यूका आइटमहरु जोखेर तथा ग्रिल गरेर वा पकाएर खाने चलन नेपालमा छन् । तर, समयको ख्याल गरेर राखिएको अफर भने नेपालमै पहिलो पटक सञ्चालन हुने उनीहरुको दाबी छ ।

    टिकटक रेष्टुराँमा खानाका परिकार मात्रै होइन नाम अनुसार टिकटक बनाउनको लागि पनि विभिन्न डिजाइन गरिएको छ । मयुर रुम, डाँफे रुम बाँसको डिजानइन, कफी र ड्रिंग्सबार रहेका छन् । अन्य डिजाइनको तयारी रहेको बताइएको छ । त्यस्तै छतबाट कलंकि, बल्खु तथा खसिबजारको दृश्यसँग रमाउदै ग्रहकले रमाइलो गर्न सक्छन् । रेष्टुराँको रुफटपमा पिङ तथा छाता सहितका टेवल र घ्याम्प्पे अफर रहेको छ ।

    ७ अना जमिनमा फैलिएको रेष्टुराँमा १२ वटा कोठा छन् । उक्त रेष्टुराँको अधिकांश ठाउँ तथा कोठामा आकर्षक डिजाइन गरिएको छ । जसमा ग्राहकले थरीथरीका टिकटक बनाउन सक्नेछन् । त्यसका साथै  गोप्य मिटिङ बस्नका लागि पनि कोठा छन् । कफीबार, ड्रिंग्सबार तयार भएका छन् भने, गार्डेन रेष्टुराँ र बच्चाका लागि खेल्ने ठाउँको व्यवस्था गर्ने तयारी टिकटकले गरेको छ ।

    छिट्टै सञ्चालनमा आउन लागेको गार्डेनमा चौतारोसमेत रहने र त्यहाँ बसेर खाना खान सक्छन् । केही समयपछि बच्चाहरुका लागि खेल्ने ठाउँ पनि बनाउने योजना रहेको रामकुमार सुनाउँछन् । ‘अभिभावकलाई बालबालिकाले दुःख नदिउन र उनीहरु पनि रमाउन भन्ने उद्देश्यले पिङ त छ त्योसँगै गाडी, चिप्लेटी खेल्नेलगायत ठाउँ बनाउन खोजेका छौं’, उनले भने ।

    गौतम दाजुभाइ काठमाडौंसहित देशभरि टिकटकको ब्राण्ड नै बनाएर जाने योजनामा छन् । अनामनगरमा सञ्चालन भएको दाजुभाइ सेकुवा कर्नरलाई पनि निरन्तरता दिने तर, ब्राण्ड भने टिकटकको बनाउने बताउँदै मुकुन्द भन्छन्, ‘सेकुवा कर्नर साथीसँगको सहकार्यमा हो, ‘टिकटक’ दाजुभाइ मिलेर सञ्चालनमा ल्याएका छौं यस्को ब्राण्ड नै बनाएर काठमाडौंसहित देरभरि पुर्याउने सोच छ ।’

    स्वस्थकर खानेकुरा बनाउने हुँदा कोरोना संक्रमणकैबीच आदि करोड बढी लागतमा टिकटक रेष्टुराँ सञ्चालन गरे पनि लगानी नडुब्ने उनीहरुले विश्वास लिएका छन् । स्वास्थकर खोनेकुरा बनाए र त्यही अनुसारको सेवा सुविधा दिएमा होटल व्यवसायबाट घाटा नहुने उनी रामकुमार बताउँछन् । साथै गौतम दाजुभाइले रेष्टुराँ सञ्चालनमा ल्याएसँगै १३ जनालाई रोजगारी प्रदान गरेका छन् । उनको १८ वर्षको अनुभवलाई आधार मान्ने हो भने, एउटा रेष्टुराँ सञ्चालन गर्नका लागि १० देखि १५ जना जनशक्तिको आवश्यकता पर्छ ।

    टिकटकमा चाइनिज, इण्डियनलगायत सबै परिकार स्वस्थ्य बर्धक र सुलभ मूल्यमा उपलब्ध हुने बताइएको छ । त्यस्तै कालिज, बट्टाइ, अस्ट्रिज, हाँस जस्ता लोकल चराहरुको मासु पनि पाइन्छ । आगोबाट नै खानेकुरा बनाउने टिकटकले जनाएको छ । ७ वर्षको समय जापानमा बिताएका मुकुन्द अब काम गर्नका लागि जपान नजाने सोचमा छन् । तर, नयाँ कुरा सिक्नका लागि र नेपालको परिकार चिनाउनका लागि भने जापानको यात्राले निरन्तरता पाउने उनले बताए ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.