निराज रानाभाट , गोर्खा : गण्डकी प्रदेशमा पर्ने गोर्खाको पालुङटार नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) केन्द्रले विजय हासिल गरेकाे हाे ।
मेयरमा माओवादी केन्द्रका विवश चिन्तनले ६ हजार ७२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत ल्याएका छन ।
निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका इ. दीपकबाबु कँडेल तेस्रो भएका छन । उनले ४ हजार ९ सय ९७ मत पाए । एमालेका हरि भट्टलाई पनि ९ सय ४१ मत आएको छ ।
यस्तै , उप – मेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भएकी छन । उनले ५ हजार ५ सय ७९ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाएकी छन ।
गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४ हजार २ सय ८१ मतका साथ तेस्रो भइन् ।
पूर्व – प्रधानमन्त्री भट्टराईको गृह – नगर समेत रहेको पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल थियो ।
