माडी नगरपालिका ५ सहारा युथ क्लबको आयोजनामा दशै बिशेष शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न।।
माडी नगरपालिका ५ सहारा युथ क्लबको आयोजनामा दशै बिशेष शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न भएको छ। माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालकाे विशेष उपस्थितमा भएकाे कार्यक्रममा क्लबका भलिबल खेल संयोजक सुलभ बन्दु पोख्रेलको अध्यक्षतामा रहेको थियाे । भने माडी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबन्दु पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो ।
अतिथिहरुमा माडी नगरपालिकाको खेलकुद विकास कि कोच दिलु नेपाल, शिक्षा प्रेमी खेम नारायण पोख्रेल, समाज सेवि हाइराम विश्वकर्मा र कृष्ण बहादुर खड्का थोकी रहनु भएको थियो।
कार्यक्रमका बिच क्लबका सल्लाहकार नवीन घिमिरेले २ वटा भलिबल, साउदि अरव वाट पुर्णबहादुर घिमिरे ले १२ वटा क्याप र सुबदार देव सिङ बिस्वाकर्माले १५ हजार बराबरको जर्सि सहयोग गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण क्लबकी सचिव निरा क्षेत्रीले गर्नु भएको थियो।।
source Radio madi
