निराज रानाभाट , भरतपुर , चितवन : अनेरास्ववियुको प्रथम भरतपुर महानगर कमिटीको अधिवेशन पुस १९ गते ( साेमबार ) अाज हुँदै छ । चितवन जिल्लाको भरतपुरस्थित नेकपा ( एमाले ) जिल्ला पार्टी कार्यालयमा अधिवेशन हुन लागेको हो । अनेरास्ववियुले जिल्लाभर धमाधम आफ्नो अधिवेशन गरिरहेको छ । विभिन्न केलजेका अधिवेशन सम्पन्न भइसकेका छन भने केही हुने क्रममा रहेका छन । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा महानगर इन्र्चाज धिपन भण्डारीका अनुसार जिल्लाभर उत्साहजनक रुपमा अधिवेशन भइरहेका छन ।
पार्टीका नेता काँसिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा अनेरास्ववियु महानगर कमिटीको अधिवेशन हुँदै छ ।
