निराज रानाभाट , चितवन : चितवन जिल्लामा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । चितवनको रत्ननगर नगरपालिका टाँडीस्थित लौरी घोलमा बस दुर्घटनामा परेको हो । रत्ननगरको हरिहर मन्दिरमा विवाह सकेर जन्ती लिएर खैरहनीतर्फ फर्कदै गरेको ना ५ ख ६४३ बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा बसमा सवार चालक सहित २६ जना यात्रु मध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परि एक बालक हराइरहकोे आशंकाले र खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यलय टाँडीले बताएको छ ।
